विहिबारदेखि लकडाउन कडा ! ‘अब एक जिल्लाबाट अर्को जिल्ला आउनजान बन्द’

विहिबारदेखि लकडाउन कडा ! ‘अब एक जिल्लाबाट अर्को जिल्ला आउनजान बन्द’

lockdown

Photo: Satya

काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या आजै पुष्टि भयो । प्रधानमन्त्री केपी शर्मा ओली समेत लकडाउन खुकुलो बनेकोमा असन्तुष्ट थिए ।

अब सरकारले लकडाउन कडा बनाउने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय भएको छ । अब सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि मात्रै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउँथे ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यसअघि, मिडिया हाउस कै पास देखाएरै हिड्ने गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds