माछा मार्ने क्रममा करेन्ट लागेर गयो ३२ बर्ष युवाको ज्यान !

माछा मार्ने क्रममा करेन्ट लागेर गयो ३२ बर्ष युवाको ज्यान !

death

इटहरी – इटहरी १६ का विष्णु चौधरी  माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ । सुकुम्बासी वस्तीमा बस्ने ३२ वर्षका चौधरीको सोमबार बिहान खोल्सीमा करेन्ट लागेर ज्यान गएको हो ।

इटहरी १६ बालग्रामको सुकुम्बासी वस्तीमा बस्ने चौधरी बिहान ७ बजे माछा मार्न हिँडेका थिए । नजिकैको बिजुलीको तारमा हुक लाएर खोल्सोमा माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ