कास्कीको मादी हर्सेमा चट्याङले दुई घरमा क्षति, बाख्रा मरे

कास्कीको मादी हर्सेमा चट्याङले दुई घरमा क्षति, बाख्रा मरे

chatyaang (3)

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ८ स्थित हर्से टोलमा आइतबार बिहान परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । स्थानीय बेलबहादुर र धन बहादुर भट्टराईको घरमा क्षति पुगेको हो ।

चटयाङले स्थानीय केहि व्यक्ति समेत सामान्य घाइते भएको ओम प्रकाश गुरुङले जानकारी दिए । एउटा बाख्रा मरेको छ भने अन्य बाख्रा घाइते छन् । बिद्युतको मिटर बक्स पूर्ण रुपमा जल्नुका साथै घरका केही भागहरु भत्किएको उनले जनाए ।

बिहानै मादी ८ का स्थानीय जनप्रतिनिधिहरुले प्रत्यक्ष अवलोकन गरी पीडित परिवारसँग घटनाबारे बुझेका छन् । मादी गाउँपालिकाले तत्काल सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ