पोखरा । लिपुलेक अतिक्रमणकाविरुद्ध पोखरामा सत्तारुढ दलकै विद्यार्थीहरुले सरकारलाई दबाब स्वरुप प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । विद्यार्थीले आइतबार पोखराको महेन्द्रपुलमा भारतबिरुद्ध नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका हुन् ।
महेन्द्रपुलमा जम्मा भएका केही विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतबिरुद्ध नाराबाजी गर्दै भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका हुन् ।
पुत्ला दहनका क्रममा प्रहरीले केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटा र विद्यार्थी नेताहरु बिनायक तिमल्सिना, विशाल गोले र मदन पहारीलाई पक्राउ गरेको थियो । उनीहरुलाई साँझ छाडेको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ