गोरखा – नदीले बगाएर गोरखामा दुई जना बेपत्ता भएका छन्। त्रिशूली नदीले बगाएर १४ वर्षीय बालक र मस्र्याङ्दी नदीले बगाएर १९ वर्षीय किशोर बेपत्ता भएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।
गण्डकी गाउँपालिका-१ पाङखोलाका १४ वर्षीय विकास चेपाङ आइतबार दिउँसो एक बजेतिर त्रिशूलीले बगाएर बेपत्ता भएका हुन्। बुबा रुद्रबहादुर चेपाङसँग नदीमा माछा मार्ने क्रममा उनलाई बगाएर बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए।
बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका १ का १९ वर्षीय कृष्णबहादुर पुन मगरलाई मस्र्याङ्दी नदीले बगाएर बेपत्ता बनाएको हो। गोरखाको सहिद लखन गाउँपालिका ३ भुवनटारस्थित मस्र्याङ्दी नदीको छेउमा पौडी खेल्ने क्रममा नदीले बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए।
उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ