बालिका बलात्कार गरेर फरार आरोपी पक्राउ

बालिका बलात्कार गरेर फरार आरोपी पक्राउ

balatkaaari

विराटनगर । दलित बालिकालाई बलात्कार गरेर फरार भएका आरोपी पक्राउ परेका छन् । बैशाख १९ गते राति मोरङ मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलत्कार गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय धिरेन मगर आइतबार बिहान पक्राउ परेका हुन ।

आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानका लागि उर्लाबारी ईप्रकामा बुझाएको ईलाका प्रहरी मधुमल्लाका सई रामकाजी कटुवालले जानकारी दिए । बलात्कारमा परेकी वालिका हाल संरक्षण गृहमा छिन् ।

लकडाउनको समयमा घरमा एक्लै भएको मौका पारेर छिमेकी धिरेनले दलित बालिकालाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ