कैलाली । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरकी एक युवतीको फेसबुकबाट आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक प्रक्राउ परेका छन्।
घटनामा संलग्न कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय सन्तराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
१९ वर्षिया लक्ष्मी देउवाको फेसबुक आइडीबाट निजका आफन्त तथा साथीहरुलाई ती युवकले अश्लिल भिडियो तथा फोटो पठाई चरित्र हत्या गरेका कारण लक्ष्मीले आत्महत्या गरेको सूचना प्रहरीसमक्ष आएको थियो।
धनगढी उपमहानगरपालिका वडा नम्वर ६ जालीस्थित सुकुटी नालामा झुण्डिएर लक्ष्मीले हिजो आत्महत्या गरेकी थिइन्। घटनाको अनुसन्धानका क्रमममा उक्त अश्लिल भिडियो, फोटाे र फेसबुक आइडी लगईन अवस्थामा चौधरीलाई फेला पारिएको र मोबाइल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी दक्ष कुमार बस्नेतले बताए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम