तनहुँ बन्दिपुरको सिमपाखामा खोरमा पर्यो भाले चितुवा

तनहुँ बन्दिपुरको सिमपाखामा खोरमा पर्यो भाले चितुवा

Chituwa Bandipur-3 Simpakha

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका भित्र एउटा चितुवा काठको खोरमा परेको छ । शनिबार राती बन्दिपुर गाउँपालिका वडा नं ३ स्थित सिमपाखा बनमा राखिएको काठको खोरमा चितुवा परेको हो ।

बनमा पासो थापिएको खोरमा हालसम्म जिल्लामा कुल ८ वटा चितुवा परेको डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

करिब ४ महिना अगाडी उक्त बनमा काठको खोर राखिएको डिभिजन बन कार्यालय तनहुँमा प्रमुख केदार बरालले जानकारी दिए । शनिबार राती जिल्लामा आठौँ चितुवा खोरमा परेको प्रमुख बरालले बताए ।

देविथुम्का सामुदायिक बनमा राखिएको खोरमा उक्त चितुवा परेको प्रमुख बरालले जानकारी दिए । ‘उक्त क्षेत्रमा अत्याधिक गाई, बाख्रा खाने गरेको थियो ।’प्रमुख बरालले भने ‘बल्ल अहिले खोरमा पर्यो ।’ चितुवाले पुर्याएको घरपालुवा पशुको लागी धेरै नै क्षतिपुर्ति स्थानिय लाई दिएको प्रमुख बरालले बताए ।

गत २०७६ माघ महिनामा बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहिपाखामा चितुवाको आक्रमणबाट १० वर्षिय इश्क सुनारको मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको र उक्त खोरमा चितुवा परिसकेको परेको प्रमुख बरालले बताए ।

यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो ।

त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो ।

त्यस्तै बन्दिपुर गाउँपालिकाको लोहिपाखामा यसअघि २ वटा चितुवा खोरमा परिसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । ‘हिजो शनिबार र%E

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ