पोखरा । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङद्वारा हस्ताक्षरित सूचनामा वैशाखभित्र नतिजा निकाल्न निर्देशन दिइएको छ। कोरोना भाइरसको महामारी रोक्न घोषित लकडाउनकै बेला पनि केही विद्यालयले भने नजिता निकालिसकेका छन्।
महानगरपालिकाको सूचनाअघि नै कतिपय विद्यालयले नजिता निकालेका हुन्। ती विद्यालयले अनलाइनमार्फत विद्यार्थी र अभिभावकलाई नतिजा सूचित गरेका छन्। ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावकमा अन्योल सिर्जना भएका’, गुरुङले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड प्रतिकुल नहुने गरी २०७६ सालको वार्षिक परीक्षाको परीक्षाफल वैशाखभित्र प्रकाशित गरी विद्यार्थी र अभिभावकलाई जानकारी गराउन सम्पूर्ण विद्यालयलाई अनुरोध छ।’
महानगरपालिका आफैंले भने कक्षा ८ को पालिका स्तरीय परीक्षाको नतिजा २९ वैशाखमा सार्वजनिक गर्ने जनाएको छ। महानगरपालिकाले नयाँ भर्ना भने नगर्न निर्देशन गरेको छ। २२ वैशाखको मन्त्रिस्तरीय निर्णयानुसार अर्को सूचना नभएसम्म नयाँ भर्ना नगर्न महानगरले भनेको छ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम