सिलिन्डरमा कम तौल ग्यास राखी नक्कली सिल गरी बिक्री गर्ने पक्राउ

सिलिन्डरमा कम तौल ग्यास राखी नक्कली सिल गरी बिक्री गर्ने पक्राउ

gas

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए । कालोबजारी भएको सूचना पाएपछि प्रहरीले सो डिपोमा छापा मारेको थियो । त्यसपश्चात् प्रहरीले गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा खबर गरेको थियो । सो विभागका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो ।

बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए ।

रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds