आज विश्व हाँसो दिवस: विश्वको सबैभन्दा महँगो कुरा हाँसो

आज विश्व हाँसो दिवस: विश्वको सबैभन्दा महँगो कुरा हाँसो

laughter day

पोखरा । खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त रु आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो ।

यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ ।

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो ।

अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ । महाकवीले लेखेकै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds