अमेेेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् ।
२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब सो फार्म हाउसमा एक साता बिताउने बताइएको छ ।
उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।
अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गर्दै आएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।
यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग कटौतीसमेत गरेको छ ।
अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४ सय अस्पतालहरुलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ ।
ह्वाइट हाउसका प्रवक्ता केली मेक्ननीले दिएको जानकारीअनुसार कोरोना भाइरस संक्रमित १०० बिरामी यो सोभन्दा बढी बिरामी भर्ना भएको अस्पताललाई प्राथमिकता दिएर सहयोग गरिने छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग