तनहुँको सेती नदीमा फेला पर्यो आमाछोरीको शव, छोरा घरमा मृत अवस्थामा भेटिए

तनहुँको सेती नदीमा फेला पर्यो आमाछोरीको शव, छोरा घरमा मृत अवस्थामा भेटिए

Seti sab

सांकेतिक तस्बिर

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका स्थित सेती नदिमा दुईजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसारआमा छोरीको शव फेला परेको हो ।

तनहुँको व्यास-१ निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठ र उनको छोरी ११ वर्षीया प्रिया श्रेष्ठको शव नदिमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले शनिबार ऋषिङ १ कोइदिमस्थित सेती नदीमा प्रिया श्रेष्ठ (छोरी) र करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मास्दीघाटमा रबिना श्रेष्ठ (आमा) को शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

शुक्रबार १५ वर्षीय छोरा बिपिन श्रेष्ठ आफ्नै घरमा मृत भेटिएको भोलिपल्ट शनिबार उनकी आमा र बहिनीको शव  सेती नदीमा भेटिएका हो । शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिपिन पूर्णरुपमा र उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अशक्त थिईन । बिपिनका बुबा भारतमा रोजगारीमा रहेका छ्न ।

रबिनाले घरमा मोबाइल र गरगहना छोडेर छोरीसँग १० गतेबाट बेपत्ता थिइन । छोरालाई समेत एक्लै छोडेर बेपत्ता रबिना र उनकी छोरी प्रियाको खोजि गर्दा शनिबार मृत अवस्थामा नदीमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको भादगाउँमा एक युवक मृत फेला

छोरा बिपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विरक्त महिलाले अप्रिय कदम चालेको आशंका आफन्तले गरेका छन् ।

आफन्त र छिमेकीले आत्महत्याको आशंका गरेतापनि प्रहरीले भने शव पोस्टमार्टम र थप अनुसन्धान पछि मात्रै कारण पत्ता लाग्ने बताएको छ ।

अहिले आमाछोरीको शव दमौली अस्पतालमा राखिएको छ । छोरा बिपिनको भने पोस्टमार्टम भईसकेको तर रिपोर्ट आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

तनहुँको भादगाउँमा एक युवक मृत फेला

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds