पोखरा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताए ।
उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक÷एक जना रहने छन् ।
हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताए ।
यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको बताए । उनले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको बताए । यद्यपि उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको उनले बताए ।
प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सयभन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको उनले बताए ।
टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उनले बताए ।
अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कूल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए ।
गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३
प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताए ।
त्यस्तै, काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए । अहिलेसम्म कूल संक्रमित ४८ जना छन् भने १० जना निको भएर घर फर्किइसकेका छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम