काठमाडौं । ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।
बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवन रक्षा गर्नुपर्यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं ।’
उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरुको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे ।
महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन । सबै सम्मानजनक एकता गरेका छौं ।’
सम्बन्धित खबर
आईएसएमटी जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
ट्रम्पमाथि फेरि गोली प्रहार
आज देशभरको मौसम कस्तो रहन्छ?
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग