र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको गोरखा पालुङटारकी महिलाको रिपोर्ट कोरोना नेगेटिभ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको गोरखा पालुङटारकी महिलाको रिपोर्ट कोरोना नेगेटिभ

Corona Rapid Test Kit

गोरखा । र्‍यापिड टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो ।

एन्टिवडी पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि काठमाडौ‌ंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको उनले जानकारी दिए । ती महिला चैत ३ गते जापानबाट फर्किएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds