किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित लोहिपाखा सामुदायिक बनमा राखिएको फलामे खोरमा चितुवा मृत अवस्थामा फेला परेको हो ।
चितुवाबाट आक्रमणको घटना बढ्न थालेपछि राखिएकाे खाेरमा चितुवा मृत अवस्थामा फेला परेकाे हाे ।
मंगलबार राती जिल्लामा आठौं चितुवा खोरमा डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । उनले भने ‘चितुवा अन्दाजी ८ देखि ९ वर्षको र ३० केजी जति तौल भएको देखिन्छ ।
मृत अवस्थामा फेला परेतापनि चितुवा लाई रडले घोचेर मारेको डिभिजन बन कार्यालय तनहुँले आशंका गरेको छ ।
‘खोरमा परेको चितुवालाई रडले घोचेर मारेको जस्तो देखिन्छ ।’ प्रमुख बरालले भने ‘फाइनल रिपोर्ट पोस्टमार्टम पछि नै थाहा हुन्छ ।’ उनले थपे ‘खोरमा रगतै रगत छ ।’
‘चितुवाको माथिल्लो भागमा ३, ४ ठाउँमा चोट लागेको देखिन्छ । प्रमुख बरालले भने ‘अहिले पोस्टमार्टमका लागि पठाइएका छौ ।’
२ घन्टामा पोस्टमार्टमको रिपोर्ट आउने बरालले जानकारी दिए ।
गत २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको फलामे खोरमा यस अघि २०७६ माघ २४ गते शुक्रबार पनि एउटा चितुवा परेको थियो ।
यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो । त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो ।
तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो समय आतंक मच्याएको छ ।
तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा कास्कीको पोखरामा समेत बालिकाको ज्यान लिएको थियोे । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको केहि समय अघि चितुवाले ज्यान लिएको थियो ।
९ जनाको मृत्यु, ४ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ४ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो । तर अहिले उक्त स्थानमा शान्त रहेको छ ।
यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका
तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।
त्यस्तै २ वर्षको अवधिमा ४ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।
This will close in 3 seconds
सम्बन्धित खबर
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छुः गोकर्ण कार्की
काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा
गौथली सामुदायिक विकास केन्द्रको हरितालिका तीज मेला तथा खेलकुद समापन
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग