एजेन्सी । कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि यहाँ मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।
यहाँ एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित पनि भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ ।
यस्तै, इटलीमा हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।
संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित निको भइसकेका छन् ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते