काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो ।
यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।
उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् ।
यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।
एनआरएनएले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।
नेपालमा भने हालसम्म ४४ सय २६ जनाको हाराहारीमा नमुना संकलन हुँदा १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमा एक जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
यसैबीच एनआरएनएले आइतबरदेखि हेल्पलाइन सेवा सुरु गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले सामना गरेको समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सञ्चालन सुरु गरिएको हो ।
संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सो सञ्चालन हुने एनआरएन अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् ।
त्यसका लागि बिहान ६ देखि दिउँसो २ बजेसम्म ९८४१२८०००५ नम्बर, दिउँसो २ बजेदेखि राति १० बजे सम्म ९८०८३१२५५५ नम्बर र राति १० बजेदेखि बिहान ६ बजेसम्म ९८२३४५८२०४ मा फोन गर्न सकिनेछन् । यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने जनाइएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते