चितवनको भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै रिपोर्ट कोरोना नेगेटिभ

चितवनको भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै रिपोर्ट कोरोना नेगेटिभ

चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ ।

सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एउटा र प्रयोगशालामा नै सङ्कलन गरिएका चारवटा नमूनाको परीक्षण गरिएको हो ।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउने गर्दछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु¥याएर परीक्षण थालिने छ ।

पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ भने अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds