पोखरा । कोरोना भाइरस (कोभिड-१९)को जाँच गर्ने मेसिन (पिसिआर)को पोखरामा सफल परीक्षण भएको छ ।
हेलिकप्टरबाट आज मंगलबार बिहान मात्रै पोखरा ल्याइएको मेसिनले ३ जना बिरामीका स्वाब परिक्षण गरेको छ ।
परीक्षणको रिपोर्ट भने बुधबार मात्रै सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।
‘अहिले ३ जना बिरामीको स्वाव टेष्ट हुँदै छ,’ उनले भने, ‘रिपोर्ट विभागमा पठाएर मात्रै सार्वजनिक गछौं ।’
मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकप्टर मार्फत मेसिन झरिसकेपछि मेसिन कहाँ राख्ने भनेर विवाद समेत भएको थियो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, अर्थमन्त्री किरण गुरुङसमेतको संलग्नतामा मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै राख्ने सहमति भएको थियो ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते