प्रदेश प्रमुख र राजधानी तोकियो

प्रदेश प्रमुख र राजधानी तोकियो

pradesh-pramukh-1

काठमाडौँ,  ३ माघ— सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा, २ नम्बर प्रदेश प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ को उमाकान्त झा, ६ को दुर्गाप्रसाद खनाल र ७ को मोहनराज मल्ललाई तोकिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। अर्थमन्त्री कार्कीका अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानीमा विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ।

अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds