पोखरा, २८ पुस / पोखरा क्रिकेट क्लबले अन्तर क्लब पीसीसी क्रिकेट कप २०७४ आयोजना गर्ने भएको छ । २३ वर्ष अगाडि स्थापित पुरानो उक्त क्लबले आगामी माघ अन्तिम साता स्थानीय स्तरको अन्तर क्लब प्रतियोगिता आयोजना गर्ने अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिएका छन् ।
पोखराको क्रिकेट विकासमा निरन्तर योगदान दिँदै आएको उक्त क्लब पछिल्लो समय सक्रिय नबनिरहेको गुनासो बढिरहँदा युवा टोलीको नेतृत्वले पुनः आफ्नो शाख जोगाउने ढंगले गतिविधि अघि बढाउने श्रेष्ठले जनाए ।
माघ २३ गतेदेखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगितामा कास्कीका बढीमा आठ टीम सहभागी गराउने प्रतियोगिता संयोजक समेत रहेका क्लबका उपाध्यक्ष उत्सव शाक्यले जानकारी दिए । प्रतियोगितामा विजेता र उपविजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनुका साथै म्यान अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटनका साथै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिईने शाक्यले बताए । उनका अनुसार प्रतियोगिताको तयारी तिब्रताका साथ अघि बढिरहेको छ ।
क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरेको छ । पोखरा क्रिकेट क्लब २०५१ मा स्थापित पुरानो क्लब हो । २०६० मा धरानमा सम्पन्न दर्शन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । त्यसपछि भने क्लब सक्रिय बन्न सकेन । अब युवाहरु जागरुकताका साथ लागिपरेकाले सहयोगको अपेक्षा समेत उनीहरुले गरेका छन् ।
सम्बन्धित खबर
पोखराले आन्द्रेस गौसलाई भित्र्यायो, एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी
काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै
स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप
महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
पोखरा मझेरीपाटनमा आयोजित छैटौं सेभेन ए साइड फुटबलको उपाधि आयोजक ‘ए’ लाई
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु