पोखरा । कोरोना भाइरसको संक्रमणबारे विभिन्न सञ्चारमाध्यामहरुमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले नेपाली सञ्चारमाध्यामहरुमा आएका समाचारहरु हल्ला र अनुमानका भरमा प्रसारण भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
जारी विज्ञप्तिमा संयमित हुनुपर्ने यस्तो घडीमा हल्लाको भरमा समाचार प्रकाशन–प्रसारण भएको भन्दै त्यसले आम पाठक वर्गमा उत्तेजना र निराशा फैलाउने काम गरेको जनाइएको छ ।
विज्ञप्तिमा आज बसेको काउन्सिलको बोर्ड बैठकले प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यामले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामाग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानतर्फ ध्यान दिई समाचार सम्प्रेषण गर्न समेत आमपत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम