आज सार्वजनिक सवारी नचल्ने

आज सार्वजनिक सवारी नचल्ने

TAXI (1)

पोखरा २७ पुस । ट्याक्सी व्यवसायीलाई ऐक्येबद्धता तथा प्रहरी कारवाहीको विरोध स्वरुप बस ब्यवसायी पनि आन्दोलित भएका छन् । मंगलवार पोखराबाट मिटरमा नचल्ने र मनपरी भाडा असुल्ने ट्याक्सीचालक पक्राउ परेपछि बुधवार ट्याक्सी व्यवसायीले पोखराका सडकमा ट्याक्सी तेर्साएर बिरोध गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै सडकमा उत्रिएपछि आन्दोलनमा उत्रिएका ट्याक्सी चालक सवारी साधन नै छोडेर भागेका थिए । प्रहरीले सडकमा तेर्साएका ट्याक्सीलाई आफैले हटाएको थियो । ट्याक्सी व्यवसायीको आन्दोलनलाई समर्थन गर्दै पृथ्बी राजमार्ग बस सञ्चालक समितिले विहिवार आफु मातहतका कुनैपनि सवारीसाधन नचलाउने जनाएको छ ।

साथै गण्डकी अञ्चलभर कुनैपनि सार्वजनिक सवारी सञ्चालन नगर्ने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघको निर्णय अनुसार विहिवार गण्डकी अञ्चलभर कुनैपनि सर्वजनिक सवारी नचल्ने महासंघ गण्डकीका सहसंयोजक योगेन्द्र केसीले बताए ।

‘यातायात व्यवसायीले २ रुपैया भाडा वढि लिदा कारवाही गर्ने सरकार दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि केही गर्दैन’, उनले भने ‘दुर्घटना व्यवस्थापन, ट्याक्सी ड्राईभरमाथिको धरपकको विरोधमा यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीको आव्हानमा सार्वजनिक भाडाका गाडी सञ्चालन गरिनेछैन ।’

यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष ऐनकुमार साईले चक्का जामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारी मात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारे ।

मजदुर माथि भएको प्रहरी हस्तक्षेपको विरोध

यातायात मजदुरहरुले यातायात व्यवसायी संघ संस्था र स्थानीय प्रशासन बिचको असमझदारीको कारण यातायात मजदुर माथी भएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री,नेपाल यातायात मजदुर संघ कास्कीका सचिव अर्जुन खनाल र अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष रेशमबहादुर सिंखडाले समस्याको छिटो भन्दा छिटो समाधान गर्न दुवै पक्षलाई आग्रह गरेका छन ।

उनीहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गरी अनुगमनको नाममा यातायात मजदुरलाई गिरफ्तार गरेकोमा विरोध गर्दै विना शर्त रिहा गर्न माग गरेका छन । यातायात पेशालाई यात्रुमैत्री बनाउन सदैव क्रियाशिल रहेको उल्लेख गर्दै उनीहरुले सवै उपभोक्तालाई सहज र सर्व सुलभ सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन ।

पोखरामा सञ्चालित ट्याक्सीहरुको मिटरमा चलाउने सन्दर्भमा भएको आन्दोलनमा यातायात मजदुर दोहोरो मारमा परेको जनाएका छन । प्रहरी हिरासतमा राखिएका मजदुरहरुको रिहाईको लागि स्वतस्र्फुत गरिएको आन्दोलन प्रति एक्यवद्धता जनाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ