पोखरा । गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि प्रदेश नं. १ को राजधानी विराटनगरसम्म सिधा जहाज सञ्चालनमा आएको हो । सोमबार बुद्ध एयर को १८ सिटे जहाजले विराटनगरबाट पोखरा पहिलो पटक उडान गरेको हो । बुद्ध एयरले हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालन गर्नेछ ।
दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आदान प्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सिधा हवाई सेवा शुरुवात गर्ने निर्णय गरेको थियो ।
पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिका तय भएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेका छौँ, उनले भने– माग बढ्दै गएमा ठुलो जहाज र दैनिक उडान गर्ने सोच गराएका छौँ ।
पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । सोमबार पहिलो पटक बिराटनगरबाट पोखरा उडान भरेका पाईलट शैलेस राउतर जहाजमा सवार पर्यटकहरुलाई गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टिम र बुद्ध एयरका कर्मचारीहरुले पोखरा विमानस्थल अवतरण गर्नासाथ खादा,फुलमाला र अबिरले सम्मान गरेका थिए ।
जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाः मन्त्री लम्साल
पोखरा विराटनगर उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई टेवा पुग्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।
पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचित दुई प्रदेश गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा जहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधा जोडेको बताउँदै अब गण्डकी प्रदेश—प्रदेश नंं.१ लाई नयाँ पर्यटकिय प्याकेजको रुपमा विकास गरिने बताए । यसबाट दुवै प्रदेश मात्र नभई भारतका पर्यटकलाई समेत फाइदा पुग्ने बताउँदै मन्त्री लम्सालले पोखरा—विराटनगर हवाई सेवा शुरुवात भएकोमा खुसी व्यक्त गरे ।
सगरमाथा, पाथीभरा, हलेसी, ईलाम चिया बगानलगायतका क्षेत्रहरु १ नं. प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको र गण्डकी प्रदेशका धौवलागिरी, अन्नपूर्ण, माच्छापुच्छ«े हिमाल, मुक्तिनाथ, पर्यटकीय शहर पोखरा, अन्धगल्छी लगाएतका पर्यटकीय गन्तव्यमा घुम्न आउने पर्यटकहरुलाई अब हवाई सेवाले सिधा जोडेकोले प्रदेश १ र गण्डकी प्रदेश घुम्न चाहने पर्यटकले अब झन्झट व्यहोर्नु नपर्ने मन्त्री लम्सालको भनाई थियो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम