काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै, फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताएका छन् ।
यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिए । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।
मलमास कै कारण विवाहको लगनलाई समेत असर पारेको जनाइएको छ । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम