पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधवार(आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको हो । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि पुगेका छन् । विस्फोट भएको भएपनि नेकपाको कार्यक्रम भने रोकिएको छैन । अहिले प्रचण्डले सभालाई सम्बोधन गरिरहेका छन् । विस्फोटमा परि पार्किङ गरि राखिएको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मंसिर ९ गते सोमबार(अस्ति) पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थयिो । मंसिर १४ गते कास्की क्षेत्र नम्बर दुईमा उपचुनाव हुँदैछ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ