काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीलाई एपेन्डिसाइटिस भएको अस्पतालले जनाएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले अपरेसनको तयारी गरेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकिएको छ ।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम