काठमाडौँ। बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरेका छन् । बलुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए ।
तर, बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । ‘शनिबार प्रधानमन्त्री निवासबाट केही निम्तो आएको थियो रु’ भन्ने प्रश्नमा पूर्व मन्त्री थममाया थापाले अनौपचारिक रुपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न नसकेको जानकारी दिइन् । त्यस्तै, पूर्वमन्त्री लालबाबु पण्डितले पनि आफू थप एक–दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए । ‘
प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने, ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’ थापा र पण्डित मात्र होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे ।तिनैमध्ये एक पूर्वमन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरुलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रक्रिया दिए ।
कान्तिपुरमा खबर छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम