काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मातहत निकायका विभागीय प्रमुखले सन्तोषजनक प्रगति गर्न नसके जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।नेपाल पर्यटन बोर्डमा आज मन्त्रालय मातहत निकायका प्रमुखसँग भएको बैठकमा मन्त्री भट्टराईले मन्त्रालय मातहत विभागको कामप्रति कडा टिप्पणी गर्दै मातहतका प्रत्येक कार्यालयका प्रमुखहरुको कामको सम्बन्धमा स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखलाई परिवर्तन गर्ने बताए ।
उनले भने, ‘लक्ष्यअनुरुप नभए स्पष्टीकरण सोध्नेछ । सन्तोषजनक प्रगति नभए परिवर्तन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला ।’ पर्यटनमन्त्री भट्टराईले राजनीतिक नियुिक्त लिएर विभिन्न पदमा रहेका सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न निर्देशन दिँदै आफै बाटो खाली नगरे कामका आधारमा हटाउने र हटाएको खण्डमा अदालत पुगेर नरुन आग्रह गरे
विभागीय प्रमुखहरुले आज प्रस्तुत गरेको कार्यप्रगति र कार्ययोजना कामचलाउमात्र भएको भन्दै पूर्ण रुपमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिए । उनले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउनका लागि मन्त्रालय मातहतका सबैले के के गर्ने योजनासहित आगामी मङ्सिर ११ र १२ गते बस्ने बैठकमा खाका प्रस्तुत गर्न पनि निर्देशन दिँदै काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाइने बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम