प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय

प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय

KP-oli-prachanda-sign-bam-5a8b0c59184f30.77998253

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बुधवार(आज) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको जिम्मा दिने निर्णय गरेको छ ।

ओली प्रचण्डबारे सचिबालयको यस्तो निर्णय

– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहेन ।

– अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष पुष्पकमल दाहाल           प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन

   गर्ने । आमरुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।

– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश          दिने । पार्टी र सरकार सञ्चालन अध्यषद्वय बीचको आपसी सल्लाहमा गर्ने ।

–पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds