पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षित गर्न र बसाइ अवधि लम्ब्याउन एकपछि अर्को गतिविधि थपिँदैछन् । यतिबेला पोखराका व्यवसायीले पर्यटकलाई लक्षित गरी बग्गी राइड सञ्चालनमा ल्याएका छन् ।
अन्नपूर्ण सर्किटको पदयात्रापछि विश्रामका लागि पोखरामा रहनुभएका अष्ट्रेलियाका जस र उहााका चार जना साथीले लेकसाईडमा बग्गी राईडिङ गरिरहनुभएको छ ।
जस जस्तै बग्गीमा चढेर पोखराको दृश्यावलोकन गर्न पाउादा फरक अनुभूतिसागै पर्यटक हषिर्त भएका छन् । दुई महिना अघिदेखि बग्गी एन्ड हर्स राईडीङ प्रालीले संचालन गरेको बग्गीमा पााच जनासम्म यात्रा गर्न मिल्छ भने प्रतिव्यक्ति एक हजार रुपैयाा शुल्क तिर्नुपर्छ ।
विवाह तथा अन्य समारोहमा पनि बग्गीको माग हुन थालेको छ । एउटा विवाह तथा समारोहमा ६० देखि ८० हजार रुपैयाा भाडा लिने गरेको व्यवसायीहरु बताउाछन् । माग बढेपछि व्यवसायीहरुले बग्गी र घोडा थप गरी हर्स हाईकिङसागै बग्गीमा हनिमुन प्याकेजसम्मको योजना बनाएका छन् ।
कान्तिपुर टिभिका लागि पोखराबाट इन्द्र पौडेलेको क्यामरा सहयोगमा बसन्तराज अधिकारीको रिपोर्ट
सम्बन्धित खबर
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु