अस्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।
बहुसांस्कृतिक देशका रूपमा चिनिएको अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेट्ने गरेको छ । सोही क्रममा नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषा अध्ययन/अध्यापन गराइएको हो । नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ । जसका लागि सरकारी तवरमै स्थायी शिक्षकसमेत नियुक्त गरिएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते