काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु पेट्रोल पम्पस्थित पृथ्वी लोकमार्गगमा शुक्रबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ का २५ वर्षीय अशोक मगर रहेका छन् । उनको उपचारको क्रममा राजमार्ग अस्पताल मलेखुमा मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घाइते हुनेहरुमा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल पछाडि सवार धादिङको सिद्धलेक गाउँपालिका-६ का २१ वर्षीय सन्तोष श्रेष्ठ‚ लु ४४ प १४९९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको बुटवल नगरपालिका-१३ का ३९ वर्षीय प्रदिप काफ्ले र सोही मोटरसाइकलको पछाडि सवार बुटवलकै २९ वर्षीय अमिर न्यौपाने रहेका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ