म्याग्दी । प्रसूतिपछि अत्यधिक रक्तचापका कारण म्याग्दीमा एक सुत्केरीको मृत्यु भएको छ । धौलागिरि गाउँपालिका–२ ललाङकी ३० वर्षीया सतिकला बिक को मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।
बिक ले जन्माएको छोराको अवस्था भने सामान्य छ । विकले सोमवार राति लुलाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । मंगलवार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्य चौकीमा लगेका थिए ।
हेलिकप्टरबाट पोखरा ल्याउने तयारी गर्दैगर्दा उनको मृत्यु भएको वडाध्यक्ष विकले बताए । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए ।
पोखराबाट हेलिकप्टर उड्ने तयारीमा रहेका बेला सुत्केरीको मृत्यु भएको हो ।
सम्बन्धित खबर
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम