विश्व मधुमेह दिवसको अवसरमा नि:शुल्क शिविर

विश्व मधुमेह दिवसको अवसरमा नि:शुल्क शिविर

url camp

पोखरा । विश्व मधुमेह दिवसको अवसरमा गण्डकी प्रदेशकै उत्कृष्ट ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राबिधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुने भएको छ ।

शनिबार हुने शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसो निशुल्क रक्त परीक्षण गरिनेछ । शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले विभिन्न रोगबारे प्रकाश पार्ने छन् । साथै उक्त अवसरमा सबै प्रकारका रक्त परिक्षणमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

युआरएल प्रांगण, सभागृहचोकमा बिहान ७ देखि दिउँसो १ बजेसम्म हुने शिविरमा अरु सबै प्रकारका जाँच पनि ५० प्रतिशत छुट दिइनेछ । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना कालदेखि नै युआरएलले निशुल्क शिविरहरु गर्दै आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds