कास्की निर्वाचन कार्यालय नजिकै विस्फोट, नेकपाबाट विद्या भट्टराई ,कांग्रेसबाट खेमराज पौडेलले र साझाबाट रजनीको उम्मेदवारी दर्ता

कास्की निर्वाचन कार्यालय नजिकै विस्फोट, नेकपाबाट विद्या भट्टराई ,कांग्रेसबाट खेमराज पौडेलले र साझाबाट रजनीको उम्मेदवारी दर्ता

kaski chunab

कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जनारी दिएको छ । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो ।

बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको पर्यटक बसपार्कमा विस्फोट भएको थियो ।जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विस्फोट गराइएको  जानकारी दिए । आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

नेकपा ,कांग्रेस र साझा पार्टीले जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएका छन । कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपाबाट विद्या भट्टराई कांग्रेसबाट खेमराज पौडेलले र  साझाबाट रजनी के.सी चुनावी मैदानमा छन ।  अन्य पार्टीले दर्ता गर्ने क्रम जारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds