डा. केसीकोअनसनको तेस्रो दिन , कमजोर बन्दै गयो स्वास्थ्य

डा. केसीकोअनसनको तेस्रो दिन , कमजोर बन्दै गयो स्वास्थ्य

1573035903dr_kc

चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ औं पटक अनशन गरिरहेका सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ । विगत तीन दिनदेखि डडेलधुरामा अनशनरत डा.केसीको रक्तचाप घटबढ भइरहेको डडेलधुरा अस्पतालका निमित्त प्रमुख डा. जीतेन्द्र कँडेलले बताए ।

“उहाँले कमजोर महसुस गर्नुभएको छ, अझै कमजोर हुँदै गए अस्पतालमै लैजानुपर्ने हुन्छ,” डा. कँडेलले भने, “बिहाने रक्तचाप कम थियो, अहिले दिउँसो ठिक देखिएकाले अस्पताल सारिहाल्ने निर्णय भएको छैन ।”

उनको पिसाबमा ‘किटोन’ देखिएको चिकित्सकद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds