बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव १८ घण्टा देखि सडकमै रहेको छ। कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझ दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्ति मानबहादुर चौधरीको शव सेती अञ्चल अस्पतालमा रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र स्थानीयहरूले अवरुद्ध गरेको सडक अझै सुचारु भएको छैन्।
आइतबार दुर्घटना पछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। राति अबेर सम्म बार्ता नमिलेपछि यात्रुको सहजताको लागि सडक सुचारु भएको थियो। सोमबार बिहान ८ बजे देखी फेरि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए। कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिक खाएर नेपालगन्ज तर्फ ज्यादै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी १० का ४० वर्षीय रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका अर्का मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय मान बहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो। अहिले समितिका पदाधिकारी र मृतकका आफन्त बिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कार्कीले बताए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम