सरकारले सबै प्रदेश प्रमुख बर्खास्त गरेर द्वन्द्वको निम्तो दियो : कांग्रेस

सरकारले सबै प्रदेश प्रमुख बर्खास्त गरेर द्वन्द्वको निम्तो दियो : कांग्रेस

Bishow Prakash Sharma

काठमाडौं : सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरर गल्ती गरेको कांग्रेसले आरोप लगाएको छ । सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।

देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए ।

तर, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको यो निर्णयमा कांग्रेसले चारवटा गल्ती देखाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतासँग सम्बन्धि कामलाई अलपत्र छाडेर सम्बन्ध नै नभएको विषयमा हात हालेर सरकारले गल्ती गरेको बताए ।

उनले सरकारले पूर्वाग्रही माानसिकताबाट ग्रसित भएर प्रदेश प्रमुख हटाएको बताए । ‘यो सरासर पूर्वाग्रह हो’, उनले भने, ‘राम्रो काम गर्नेलाई राखेर नराम्रो गर्नेलाई बर्खास्त गर्न सकिन्थ्यो । तर कुनै मूल्यांकनबिनै हटाइयो ।’ कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर प्रमुख प्रतिपक्षी दललाई सरकारले द्वन्द्वको निमन्त्रणा गरेको उनले निजकिर गरे । ‘कांग्रेस यो देशको प्रमुख प्रतिपक्षी दल हो कम्तिमा छलफल त गर्नुपर्छ ’, उनले भने, ‘सरकारले प्रतिपक्षीलाई द्वन्द्वका लागि निमन्त्रण गर्यो‍ ।’

यस्तै, १४ मंसिरको उपनिर्वाचन आउन एक महिनाअघि यस्तो निर्णय गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेसको ठहर छ । ‘उपनिर्वाचन आउन एक महिना पनि छैन । हुन त आचारसंहितामा कहीँ पनि प्रदेश प्रमुख हटाउन मिल्दैन भनेर लेखेको छैन’, प्रवक्ता शर्माले भने, ‘तर नैतिकताको पनि कुरा आउँछ । उपनिर्वाचन आउँदै गर्दा यस्तो निर्णय गर्न मिल्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds