नेवार समुदायले नयाँ वर्ष नेपाल संवत् ११४० मनाए

नेवार समुदायले नयाँ वर्ष नेपाल संवत् ११४० मनाए

Newari New Year (1)

नयाँ वर्ष नेपाल संवत् ११४० मंगलबार देशभर विविध कार्यक्रम गरी मनाईएको छ।यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएका थिए।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रुपमा विषेशगरी नेवार समुदायको बहुल्यता रहेका स्थान काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायतका ठाउँमा मनाउने गरिन्छ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds