किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा चितुवाको आतंक रोकिएन । फेरि आज सोमबार साँझ चितुवाको आक्रमणबाट भानु-२ फुर्सेटारका एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा भानु-२ फुर्सेटारको ७ वर्षीय रितिक रोका रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।
‘घरमै खेल्दै गरेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेको रैछ’ डिएसपी लामिछानेले भने ‘घर जंगल नजिक रहेको र बालकलाई घरबाटै लगेको रैछ ।’ डिएसपी लामिछानेका अनुसार चितुवाले बालकको तिघ्रा र गुप्ताङ खाएको छ ।
बालकको घर भानुको नगरपालिका र सारदा क्याम्पस नजिक रहेको प्रहरीले जनाएको छ । भानु नगरपालिकाको कार्यालयबाट करिव ५० मिटर माथीको जंगलमा चितुवाको आक्रमणमा परि बालक रोकाको मृत्यु भएको हो ।
बालक ६:३० बजेबाट हराएको र ७:३० बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालक मामाघरमा हजुरबुबा संग बस्दै आएका थिए । घरमा कोहि नभएको र बालक एक्लै भएको अवस्थामा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी होरालो मा बि मा कक्षा २ अध्ययनरत विद्यार्थी थिए । घटनास्थलमा प्रहरी चौकी डुम्रेबाट प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको ९ जना र सशस्त्र प्रहरी बल मनकामना गणबाट सहायक निरीक्षक अर्जुन केसीको नेतृत्वमा ९ जनाको टोली पुगेर घटनाको बारेमा अनुसन्धान भइरहेको छ।
ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको प्रहरी टोलि घटनास्थलमा पुगेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । असोज २१ गते बडादशैंकै दिन ४ वर्षीय आशिष बानियाँको ज्यान लियो भने कार्तिक २ गते भानु नगरपालिका २ बजगाइटारकी सोनिया अछामीलाई उनको दाइले एक सेकेण्ड ढिला नगरी मुस्किलले बचाए ।
भानु-२ स्थित मजुवा ओख्ले सामुदायिक बनमा बालक मृत अवस्थामा भेटिएका हुन । उक्त सामुदायिक बनमा २ वटा काठको खोर बनाइएको छ । हिजो आइतबार राती मात्रै भानु-३ दोरदोरटार देउराली सामुदायिक बनमा निर्माण गरिएको काठको खोरमा एउटा चितुवा पासोमा परेको थियो । उक्त चितुवालाई आज सोमबार बिहान चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो । यसरी बारम्बार चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय र जिल्लाबासीले चिन्ता व्यक्त गर्न थालेका छ्न ।
https://www.facebook.com/gandaknews/videos/414407762818625/
भानु नगरपालिकामा ९ वटा सामुदायिक बन रहेको छ । जसमध्ये ३ वटा सामुदायिक बनमा ४ वटा काठको खोर बनाइएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । बाकी ६ वटा सामुदायिक बनमा पनि तिहार लगत्तै काठको खोर बनाइने डिभिजन बन प्रमुख बरालले बताए । भानु-२ को मजुवा ओख्ले सामुदायिक बनमा २ वटा काठको खोर निर्माण गरिएको छ । त्यस्तैगरि देउराली सामुदायिक बन र भिमसेन सामुदायिक बनमा १-१ वटा काठको खोर निर्माण गरिएको डिभिजन बन प्रमुख बरालले जानकारी दिए । स्थानीयका अनुसार बच्चा सहितको पोथी चितुवाले भानुका बालबालिका र जीवजन्तुलाई आक्रमण गरेको बताउछ्न । आज सोमबार खोरमा परेको चितुवा भने भाले हो ।
यो भन्दा अगाडि चितुवाले भानु नगरपालिकाको १, २, ३ र ४ नम्बर वडा क्षेत्रमा ५ जना बालबालिकाको ज्यान लिइ सकेको छ भने ४ जना बालबालिकालाई घाइते बनाएको छ । यस क्षेत्रमा चितुवा नरभक्षी भई घर घरमै आई बढि मात्रमा बालबालिकालाई आक्रमण गर्ने गरेकाले स्थानीय बासिन्दा आतंकित भएका छन् ।
चितुवा नियन्त्रणका लागि स्थानीय, नगरपालिका, सुरक्षा निकाय, डिभिजन वन कार्यालयले हरेक उपाय अपनाए पनि नरभक्षी बनेका चितुवा नियन्त्रणमा लिन सकिएको छैन । स्थानीयले निर्माण गरेको परम्परागत खोरमा गत असोज १६ गते एउटा चितुवा परेको थियो भने सोमबार बिहान एउटा गरी दुइ वटा भाले चितुवा खोरमा परेका छन् । खोरमा परेको चितुवालाई प्राकृतिक वासस्थान चितुवान राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन वन अधिकृत केदार बरालले बताए ।
आधुनिक फलामको खोरमा चितुवा पर्न नसकेपछि नगरपालिका, स्थानीय सामुदायिक वन तथा डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा परम्परागत काठको खोर निर्माण गरिएको हो ।
यस क्षेत्रमा के कति मात्रमा चितुवा छन भन्ने यकिन हुन नसकेको र दैनिक जसो मानव बस्तिमा चितुवा आएर स्थानीय बासिन्दालाई आतंकित बनाउन थालेको छ । चितुवा नियन्त्रणका लागि हातहतियार सहितको १९ जनाको विशेष सुरक्षा दस्ता परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
नरभक्षी चितुवा नियन्त्रणका लागि चितुवा प्रभावित क्षेत्रका सामुदायिक वनमा परम्परागत काठको खोरमा बाख्रा सहितको पासो थाप्ने, गौडा कुरी आक्रणम गर्ने, स्थानीय शिकारी, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र जनसमुदायको संयुक्त टोलीद्वारा गस्ती गर्दै सम्भव भएसम्म नियन्त्रणमा लिने नभए मार्नेसम्मको निर्देशन स्थानीय प्रशासनले दिएको छ ।
चितुवाले भानुका वडा नं. १, २, ३ र ४ का बालबालिका, महिला, वृद्धवृद्धालाई त्रास फैलाएको छ । सो क्षेत्रमा अरु पनि चितुवा हुन सक्ने हुँदा साँझको समय र दिउँसै पनि एक्लै बन क्षेत्रमा नजान प्रहरीको अनुरोध छ ।
वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सख्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाखसम्म पाउने प्रावधान छ । त्यस्तै, पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) मा उल्लेख छ ।
तनहुँको भानुमा दोस्रो नरभक्षी चितुवा पर्यो खोरमा (हेर्नुहोस् भिडियो)
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते