तनहुँ । विधि र पद्धतिका आधारमा नेपालको संविधान सबैभन्दा लोकतान्त्रिक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
सो कुरा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि तनहुँले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बताएका हुन ।
‘स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सहकाॠ र समन्वय गरि अघि बढ्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने ‘संघीयता भनेको सबैको समान प्रतिनिधित्व गरेर अघि बढ्ने पद्धति हो ।’
८५ प्रतिशत भन्दा बढीको समर्थनमा बनेको नेपालको संविधान उत्कृष्ट रहेको मुख्यमन्त्री गुरुङले बताए ।
एकले अर्को तहको सरकारले सम्मान गरेर अघि बढनुपर्ने बताए । लामो समयको संघर्ष पछि सहमति गरेर नेपालको संविधान बनेको गुरुङले बताए । प्रभाविकारी संविधान भएकोले महत्त्व बढी रहेको छ ।
मुख्यमन्त्री गुरुङले तिहार, शुभ दीपावली, छठ तथा नेपाल सम्बतको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपामा जिल्ला देखि केन्द्र सम्मका नेता कार्यकर्ताको ठुलो सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते