तनहुँ । तनहुँको भानुमा मंगलबार बस दुर्घटना हुदाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक भानु ६ निवासी २१ वर्षीय अनिल सार्की रहेका छन् ।
डुम्रे-बेसिसहर सडकअन्तर्गत डुम्रेबाट पाउँदीतर्फ गईरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु १० नेपालडाँडामा दुर्घटनामा परेको हो । तीन जना यात्रु मात्र सवार बस दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए ।
घाइते चालकको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै बसमा सवार वर्ष १६ की रोशनी श्रेष्ठ र वर्ष १५ की समिक्षा श्रेष्ठ घाइते भएका छन । बस सडकबाट करिब ५० मिटर जति तल खसेको प्रहरी जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते