चिनियाँ राष्ट्रपतिको भ्रमणमा डेढ करोडको फूल कारोबार, पुष्प व्यवसायी उत्साहित

चिनियाँ राष्ट्रपतिको भ्रमणमा डेढ करोडको फूल कारोबार, पुष्प व्यवसायी उत्साहित

flower ful

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा डेढ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सीको भ्रमणका क्रममा स्वागत गर्न, मुख्य शहरमा बगैँचा बनाउन र कार्यक्रमस्थललाई कट् फ्लावरले सजाउन डेढ करोड रुपैयाँ खर्च भएको हो ।

कार्यक्रमस्थल सजाउनका लागि मात्रै २५ देखि ३० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चार एसोसिएसन अफ नेपालले जनाएको छ । पुष्पखेतीको विस्तारसँगै विभिन्न कार्यक्रमका लागि फूलको माग बढेपछि व्यवसायी पनि उत्साहित भएका छन् । नेपालमा विस्तारै फूल खेती विस्तार हुँदै गएको छ तर माग भने अझै धान्न सकेको छैन ।

धेरैजसो तिहार र भ्यालेन्टाइन डेका लागि भारतबाट फूलको आयात हुने गरेको छ । आउँदो तिहारका लागि मात्रै यसपाली भारतबाट एक करोड रुपैयाँ बराबरको फूल आयात हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds