काठमाडौं – सरकारले विद्युतीय बस किन्ने प्रक्रिया रोक्न साझा यातायातलाई निर्देशन दिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद प्रक्रिया तत्काललाई अघि नबढाउन साझालाई निर्देशन दिएको हो । सरकारले एक वर्षअघि नै तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । तर आज किन ती बस खरिद गर्ने प्रक्रिया रोक्न लगाइएको हो, सो बारे भने केही खुलाइएको छैन ।
सरकारको यो निर्देशनपछि साझा यातायातले भने असन्तुष्टि व्यक्त गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन भनेरै गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ सरकारले साझालाई दिएको थियो । यसमा प्रदेश ३ सरकारले पनि रु ३० करोड दिएको थियो भने काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले २ करोड उपलब्ध गराएको छ । त्यसैगरी साझाले पनि २ करोड छुट्याएको थियो ।
भारतबाट बस खरिद गर्ने प्रक्रिया अघि बढाउन लाग्दा सरकारले अचानक सो प्रक्रिया रोक्न निर्देशन दिएको हो । स्रोतका अनुसार बस खरिद प्रक्रिया छिटो बनाउन साझाले ‘जीटूजी’ प्रस्ताव ल्याएको र सोही कारण सरकार साझासँग असन्तुष्ट बनेको बुझिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम