लालबाबुलाई ‘आफू बन्ने होईन, देश बनाउने नेता’ भनेका ओलीले मन्त्री बनाउलान् ? (भिडियो हेर्नुहोस्)

लालबाबुलाई ‘आफू बन्ने होईन, देश बनाउने नेता’ भनेका ओलीले मन्त्री बनाउलान् ? (भिडियो हेर्नुहोस्)

kp lalbabu

पोखरा । बाम गठबन्धनले झण्डै दुई तिहाईको बहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित जस्तै छ । पार्टी एकता समेत गर्ने गरी बाम गठबन्धन बनाएका अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नै प्रधानमन्त्री भनेर अभिव्यक्ति प्रकट गरिसकेका छन् ।

यो सँगै नयाँ संविधानले तोकेको २५ मन्त्रीमण्डलभित्र एमाले, माओवादीका कुन कुन नेताले मन्त्री बन्ने मौका पाउँछन ? भन्ने चर्चा सुरु भैसकेको छ । अहिलेसम्म लाभको पदमा नपुगेका एमाले सचिव योगेश भट्टराई, महासचिव ईश्वर पोख्रेल पहिलो नम्वरमा छन् ।

एमालेमा ओलीपछि महासचिव पोखरेल नै उपप्रधानमन्त्रीका साथ महत्वपूर्ण मन्त्रालय सम्हाल्ने सम्भावना छ । भावी प्रधानमन्त्री ओलीले पनि आफ्नो मन्त्रीमण्डलमा युवाका साथै स्वच्छ छविका नेतालाई राख्ने मानसिकता बनाएको बुझिन्छ ।

शुशिल कोईराला सरकारका सर्वाधिक चर्चित र लोकप्रिय काम गरेर अहिले सोहि कामबाट डा. शेखर कोईरालकै क्षेत्रमा पुगेर उनलाई हराएका पोलिटब्युरो सदस्य लालबाबु पण्डित मन्त्री बन्नुपर्छ भन्ने ठूलो जनमत छ ।

एक मिडियामा अन्तर्वाता दिँदै पण्डितले आफूले गृह मन्त्रालय पाएमा तीन महिनामै अपराध, गुण्डागर्दी तह लगाउने, राजनीतिक छुट नहुने र अर्थमन्त्री भए राजस्व दोब्बर संकलन गरिदिने बताएका थिए ।

उसो त, लालबाबु पण्डित पार्टीभित्रका नराम्रा कुरा कुनै गुटगत रुपमा केन्द्रित नभई सबै ओकल्छन् । स्वच्छ छविका कारण पनि उनीप्रति कोहि चिढिँदैनन् । पार्टी अध्यक्ष ओलीले यही चुनाव अघि मोरङ पुगेर लालबाबुका लागि समेत भोट मागेका थिए । उनले भनेका थिएः “लालबाबु पण्डित गरीब छ, तर भ्रष्टाचार नगरेर लालबाबु पण्डितसँग पैसा भएन । लालबाबु पण्डित आफू बन्न हिँडेको होईन, आफू बन्ने भए मन्त्री हुँदा चड्काईसक्थ्यो । अरुजस्तो धेर वटा गाडी, घर, घडेरी हुन्थ्यो । आफू बन्न होईन देश बनाउन हिँड्या हो । त्यसकारण देश बनाउनेका सपना बेग्लै छन्, आफू बन्नेका सपना बेग्लै छन् ।”

त्यस्तै, एमालेवाट लालबाबुसँगै रबिन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, महेश बस्नेत, हृदयेश त्रिपाठी, नवराज सिलवाल, पद्यमा अर्याल, रघुवीर महासेठ, पार्वत गुरुङ, यज्ञबहादुर सुनुवार, छविलाल विश्वकर्मा, धन बहादुर बुढा, रविन्द्र प्रसाद अधिकारी, दीपकप्रसाद भट्ट, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ या रामवीर मानन्धर लगायतको नाम चर्चामा छ ।

त्यस्तै माओवादी केन्द्रवाट अग्नी सापकोटा, पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, हितवहादुर तामाङ, श्यामकुमार श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ