कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने

कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने

mahara-6

काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी उद्योगको आरोप खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने भएको छ ।

घटनापछि बोली फेर्दै आएकी महिलाले असोज १८ गते महराबिरुद्ध बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएपछि १९ गते प्रहरीले अनुशन्धानका लागि महरालाई पक्राउ गरेको थियो । पक्राउ परेका महरा संलग्न भएको घटनास्थलबाट बरामद गरिएका केहि सामान जस्तै – फुटेको चस्मा, जुत्ताको भित्री भाग लगायतका सामग्री महराको हो होइन भन्ने प्रमाणित गर्न महराको डीएनए जाँच गर्न लागिएको बानेश्वर प्रहरीले जनाएको छ ।

डीएनए परिक्षणको नमूना उल्लेखित सामग्रीमा हुने पसिनासँग मेल खाएमा उनीमाथि लागेको आरोप पुष्टि गर्न प्रहरीलाई सहज हुने प्रहरीकाे भनाई छ । महरालाई हिरासतमै रहँदा अचानक स्वास्थ्यामा समस्या देखिएपछि उपचारार्थ नर्भिक अस्पताल भरना गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds