पोखरामा राजा बस्ने हिमागृहलाई मुख्यमन्त्री/प्रदेशप्रमुख आवास नबनाउन जनदबाब । तपाईं सहमत ?

पोखरामा राजा बस्ने हिमागृहलाई मुख्यमन्त्री/प्रदेशप्रमुख आवास नबनाउन जनदबाब । तपाईं सहमत ?

IMG_6086

पोखरा । पोखरा लेकसाइडमा रहेको हिमागृहलाई कुनै पनि हालतमा मुख्यमन्त्री/प्रदेशप्रमुखको आवास  बनाउन नहुने जनदबाब बढेको छ ।

नागरिक अगुवा, पर्यटन ब्यबसायीसंगै स्थानीय जनप्रतिनिधिहरुले क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकरी सहितको टोलीले मुख्यमन्त्रीको अस्थायी आवासको लागि हिमागृह पनि हुन सक्ने सिफारिस गरेकोमा आपत्ति जनाए ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई पोखरा लेखनाथ महानगरपालिका वडानं ६ का अध्यक्ष जगत बहादुर पहारीको नेतृत्वमा गएको टोलीले ध्यानर्कषण पत्र बुझाएको छ। नागरिक समाज पोखराका संयोजक राम बहादुरा पौडेलले ३ वटा विकल्प पनि प्रस्तुत गर्नुभयो । पोखरामा अन्यथुप्रै ठाँउ विकल्पको रुपमा हुदा हुदै पर्यटकीय क्षेत्रमा मुख्यमन्त्री आवास गृह बनाउन खोज्नु राम्रो कदम नभएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले आफुले क्षेत्रीय प्रशासक लाई जानकारी गराउने बताउनु भयो । उहाँले सुरक्षाको दृष्टिकोणले हिमा गृह अस्थायी आवासको लागि रोजीएको पनि बताउनु भयो । पर्यटन ब्यबासयी, स्थानीयको आवज राज्यले सुन्नेभन्दै अधिकारीले आफुहरले अन्यठाउँ पनि हेरेको जानकारी दिनु भयो ।

पर्यटन बोर्डका पुर्व सदस्य बासुदेव त्रिपाठीले हिमागृह रत्नमन्दिर लाई पर्यटकीय गतिविधि संचालन गराउनु पर्नेमा जोड दिनु भयो । पर्यटन बोर्डका पुव सदस्य अग्नी कडेलले पर्यटनको मुटुमा मुख्यमन्त्रीको आवास बनाउदा पोखराको पर्यटन ध्वस्त हुने बताउनुभयो ।

अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्राईले जैविक विविधता पार्कको रुपमा हिमागृह र रत्नमन्दिर लाई विकास गर्नुपर्ने बताउनुभयो । पश्चिमाञ्चल होटल ब्यबासायी समितिका अध्यक्ष विकल तुलाचन, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, टानका पुर्व अध्यक्ष रामचन्द्र शर्मा , रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुड भगबती पहारी ,पर्यटन ब्यबासायी नरेश भट्राई लगायतले कुनै पनि हालतमा हिमागृह लाई मुख्यमन्त्री आवास गृह बनाउन नदिने बताउनु भयो । आफुहरुको माग सुनुवाई नभए आन्दोलन गर्न पनि पछि नहट्ने पर्यटन ब्यबासयाीले चेतावनी दिएका छ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई पनि ध्यानाकर्षण पत्र  बुझाएको सुनिल पाण्डेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ